प्रवासी नेपाली साहित्य समाज (प्रभात)
वेलायत
स्थाः सन् २००१


परिचय

राज्य र समाजलाई समुन्नत र समृध्द बनाउन नागरिक सभ्य र सुसंस्कृत हुनैपर्छ । राष्ट्रको गौरव भन्नु नै साहित्य, कला र संस्कृति हुन् र, नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकता छ । यसै सर्न्दर्भमा केन्द्रित रहेर यस क्षेत्रको र्सवाङगिण विकासका लागि संस्थागत रुपबाट मात्र केही टेवा पुर्‍याउन सकिन्छ भन्ने विश्वासले नेपाली साहित्य, कला र संस्कृतिको विकासमा आआफ्नो क्षेत्रबाट टेवा पुर्‍याउने उद्देश्यअनुरुप प्रवासी नेपाली साहित्य समाजको स्थापना भएको हो ।


किशोर गुरुङलाई रेडियो सम्राटको उपाधि, वहाको बारेमा पुस्तक प्रकाशन हुने र संस्थाको वेभपेज उदघाटन

गत १४ मार्च २००८ शुक्रबारको दिन र्सनकिल्फ वेलायतमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपालको रेडियो इतिहासमा सबैभन्दा धेरै समय सेवा गर्नुहुने, नेपाली रेडियो इतिहासमा सबैभन्दा बृद्धा ब्यक्ति तथा विदेशमा रेडियो तरङ मार्फत नेपाली भाषा, संस्कृति र साहित्यलाई महत्वपूर्ण योगदान गर्नुहुने किशोर गुरुङलाई रेडियो सम्राट कै उपाधि दिनु पर्ने पहिलो पटक निर्णय गर्‍यो । अथक आवाज वा सदावहार आवाज उपाधिको खासै अर्थ नहुने कुरा उल्लेख गरिएको छ ।

साहित्य समाजको संरक्षक रामकृष्ण सुनुवारको बाहूलीबाट संस्थाको आधिकारिक वेभसाइट www.pravasi.com.np को उदघाटन गरियो । विगत ११ बर्षअघि देखि प्रकाशन हुदै आएको प्रवासी वेदनाका आवाज (साहित्य तथा विविध) पत्रिका अब देखि साहित्य समाजले नै प्रकाशन गर्ने निर्णय पछि पत्रिकाले संचालन गर्दै आएको वेभ ठेगानालाई नै संस्थाको वेभसाइटको रुपमा परिणत गरिएको हो ।

त्यस्तै गरि किशोर गुरुङ ब्यक्तित्व कृतित्व पुस्तकको प्रकाशनको लागि पनि समयावधि निर्धारण गर्‍यो । आगामी ३० अप्रिल ०८ भित्र सामाग्रि संकलन गरि जुन महिना भित्र प्रकाशन कार्य सम्पन्न गर्ने र्सवसम्मत निर्णय गर्‍यो ।

प्रभात साहित्य पुरस्कार २०६४ द्धारा सम्मानित स्रष्टा रमेश पौडेललाई पुरस्कार समर्पण कार्यक्रम आगामी अप्रिल १५ का दिन काठमाडौमा गर्ने पनि निर्णय गर्‍यो ।



प्रवासी नेपाली साहित्य समाज (प्रभात)
वेलायत
स्थाः सन् २००१

श्रीमान/श्रीमति.........................................ज्यू
..............................................................
..............................................................

यहाहरुलाई विदितै भएको कुरा हो आज नेपाली भाषा, संस्कृति तथा साहित्य विश्वब्यापी बन्दैगएको छ । यो विश्वब्यापी बन्नको निम्ति निश्चय नै केही ब्यक्तिहरुको मुख्य भूमिका रहेको छ । केही संस्थाहरुको प्रत्येक्ष अप्रत्येक्ष भूमिका रहेको छ । हामीले हाम्रो भाषा, संस्कृति तथा साहित्यलाई जति ब्यापक बनाउदै लैजानु परेको छ त्यति नै योगदान पुर्‍याउनु हुने ब्यक्तित्वहरुलाई पनि सम्झनु पर्ने हुन्छ । यसैमा नेपालीमन नेपालीपन रहेको हुन्छ भन्ने हामीलाइ लाग्दछ ।

झण्डै २० औं शताब्दिको मध्येबाट शुरुगरि अविछिन्न रुपमा निरन्तर रेडियो सेवामा आफ्नो मिठो स्वर सधै बाँडीरहनु हुने ब्यक्तित्व जो सम्भवत नेपाली रेडियो इतिहासमा सबैभन्दा धेरै समय सेवा गर्नुहुने र नेपाली रेडियो सेवामा सबैभन्दा बृद्धा उमेर सम्म सेवा गर्नुहुने ब्यक्ति, जसको आज विश्वभर लाखौ स्रोताहरु रहेका छन् वहाको नाम हो किशोर गुरुङ । धेरैले वहालाई किशोर वडा, किशोर बाजे, किशोर साहेब भन्दछन् । हाल वहा ७३ बर्षको हुनु भएको छ । वहाले झण्डै ३९ बर्षअघिदेखि निरन्तर रेडियो सेवामा काम गर्दै आउनु भएको छ । वहाको रेडियो सेवा यात्रा सिंगापुरबाट शुरु भई मलाया, हङकङ, ब्रुनाई, वेलायत हुदै नेपालमा गएर समाप्त हुदैछ । वहाले अब रेडियो सेवाबाट चाडैनै अवकास लिदैहुनुहुन्छ ।

वास्तवमा वहाँ व्रिग्रेड अफ गोर्खाजको निम्ति जिउदो इतिहास त हुदै हो त्यो भन्दा बढि प्रवासमा नेपाली भाषा, संस्कृतिको मुख्य प्रसारक हो । वहालाई रेडियो सम्राट उपाधि दिन केही संघसस्थाहरु निर्णय पुगिसकेको खबरले हामीलाई झनै उत्साहित बनाएको छ । हामीले वहाको योगदानको केहीमात्र भए पनि कदर गर्न सकौ भन्ने उद्देश्यले प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायतले किशोर गुरुङ ब्यक्तित्व कृतित्व पुस्तक प्रकाशन गर्ने खुसिको खबर यहालाई पनि बाड्न चाहन्छौ ।

प्रभातको निर्णय बमोजिम यहाले पनि वहा संग सम्बन्धित लेख तयार पारी हामीलाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । वहासंगको कुनैपनि संस्मरण, अनुभूति, संगै काम गरेको घटना, वहाको रेडियो प्रस्तुती कस्तो लाग्यो - आदिइत्यादी समेट्न हार्दिक अनुरोध गर्दछौ । यदि तपाइले वहाको विषयमा अन्य कुनै रोचक बिषय, अझ राम्रो सल्लाह सुझाव दिनु भएमा हामी सधै आभारी हुनेछौ ।

हाम्रो यो प्रकाशनमा नेपालका विशिष्ट ब्यक्तित्वहरु, वेलायत, ब्रुनाई, सिंगापुर, हङकङ, अमेरिका, मलेशिया, जापान लगायत विश्वभरमा छरिएर रहनु भएका नेपाली तथा गैर नेपाली विशिष्ट ब्यक्तित्वहरुको सामाग्रिहरु रहनेछन् । तपाइलाई अंग्रेजी वा आफ्नै मातृभाषा र लिपीमा लेख्न सजिलो हुन्छ भने त्यसैमा पनि लेख्न सक्नु हुनेछ ।

तपाइको आफ्नो लेख जतिसक्दो चाँडो हामीलाई उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौ । हामीलाई टाइप गरेर इफाइल वा शुद्ध संग पन्नाको एकापटि्ट मात्र लेखिएको लेख रचना इमेल, पत्राचार वा प्रत्येक्ष हामीलाई उपलब्ध गर्राईदिनु होला अर्थात कुनैपनि माध्यमबाट उपलब्ध गराइदिनुहोला । कृपया लेखको साथमा तपाइको सकभर डिजिटल फोटो या राम्रो क्वालिटीको फोटो उपलब्ध गराउनु पर्नेछ । लाखौ श्रोताहरुको ढुकढुकी बन्न सफल किशोर गुरुङ बडाको सम्बन्धमा निश्चयनै सबैले लेखलेख्न चाहन्छन तर ती सबैलाई स्थान दिन सक्ने अवस्था नहून सक्छ यर्सथ आफ्नो स्थान सुरक्षित गर्न जतिसक्दो चाँडो र राम्रो लेख हामीलाई उपलब्ध गराउन अनुरोध गर्दछौ ।

सामाग्रि संकलन दुइ चरणमा गरिनेछ । दोस्रो चरणको सामाग्रिहरु समय अभाव र बढि सामाग्रिको कारण सबै नअटाउन सक्छ यर्सथ पहिलो चरण भित्रै यहाको सामाग्रिको आसा गर्दछौं ।

पहिलो चरणः आगामी ३० अप्रिल २००८ भित्र
दोस्रो चरणः १५ मे २००८ भित्र

सम्पर्क:
इमेलः direct.letter@gmail.com
फ्याक्सः 0044 1303 225221
फोनः 0044 7878674319/7878533582
विस्तृत जानकारीको लागिः www.pravasi.com.np हेर्दै गर्नुहोला ।

हूलाकी ठेगानाः
Kisor Gurung Book,
Education 2RGR, CSS Coy,
S. J. M. Bks., Shorncliffe,
Folkestone, Kent, CT20 3HJ, UK

नेपालको हूलाकी ठेगानाः
Kisor Gurung Book
NPC-620, GPO-8973
Kathmandu, Nepal


डब्लू ओ. टु. रामकृष्ण सुनुवार
संयोजक
किशोर गुरुङ ब्यक्तित्व कृतित्व प्रकाशन समिति

 

© Pravasi Nepali Sahitya Samaj (Pravat), UK

simple tracking