Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 
घरैबसि विश्वब्यापी रेडियो गजल प्रतियोगितामा भाग लिनुहोस

प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाई तथा वेलायतले विश्वब्यापी रेडियो गजल प्रतियोगिता गर्दैछ । पछिल्लो समयमा गजल विधामा उर्लिएको उत्साहको ख्याल गर्दै यस प्रतियोगिताको आयोजना गरिएको हो ।
आफैले आफ्नो स्वरमा गजलको अडियो रेकर्ड गरी विश्वको जुनसुकै ठाउबाट हाम्रो ठेगानामा इमेल गर्नु पर्नेछ । अडियो रेकर्ड गर्न सहयोग चाहिएमा वा सहभागि कसैले फोन मार्फत पनि रेकर्ड गराउन सक्नुहुनेछ ।
यस प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल स्रष्टाले नगद पुरस्कार २० हजार १० हजार र ५ हजार रुपैया नगद साथै प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ । गजल मूल्याङ्कनको लागि पनि प्रति गजल पारिश्रमिक प्रदान गरिने छ ।
सहभागिले आफ्नै स्वरमा गजल रेकर्ड गरि इमेल मार्फत पठाउनु पर्नेछ साथै लिखित रुपमा पनि एकप्रति फोटोको साथमा अनिवार्य पठाउनु पर्नेछ । आफैले आवाजमा रेकर्ड गर्न नसक्ने इमेल गर्न नसक्नेको लागि पनि यथासक्दो सहयोग गर्ने ब्यवस्था छ ।
हामीलाई सहभागि गजलहरु पहिलो चरण - नोभेम्बर १५ भित्र दोस्रो चरण - नोभेम्बर २५ भित्र र तेस्रो तथा अन्तिम चरण - डिसेम्बरको १ तारिख भित्र प्राप्त भइसक्नु पर्नेछ । प्रतियोगिताको अन्तिम निर्णय डिसेम्बर ७ तारिख हुनेछ ।

हाम्रो ईमेल ठेगानाः pravasisamaj@googlemail.com

यस गजल प्रतियोगिताको लागि पुरस्कारहरु सौजन्य स्वरुप प्राप्त भएका छन्

प्रथम पुरस्कार - www.kalasahitya.com रहेको छ ।
दोस्रो पुरस्कार - युन्छोमा प्रा. लि.
तेस्रो पुरस्कार - चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. www.milanchams.com

आयोजक
प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाई

बिशेष सहयोगी
अनलाइन नेपाली साहित्य मंच www.sahityaGhar.com

प्रतियोगिताको लागि केही प्रावधानहरुः
१. यो खुल्ला रेडियो गजल प्रतियोगिता भएकोले जो कसैले सहभागिता जनाउन सक्नुहुनेछ ।
२. गजल मौलिक हुनु पर्नेछ । आफ्नै ब्यक्तिगत ब्लग वा वेभमा राखिएको गजललाई सहभागि गराउन सकिनेछ तर अन्य वेभसाइट र पत्रपत्रिकामा पूर्व प्रकाशित गजललाई सहभागिता गराइने छैन ।
३. प्राप्त गजलहरुलाई www.pravasi.com.np वेभपेजमा राखिने छ र कसैले प्रमाण सहित पूर्वप्रकाशित भएको भनी दावी गरेमा उक्त गजललाई अप्रतियोगि अन्र्तगत राखिनेछ ।
४. हामीलाई MP-3, AWA file मा पठाउन आग्रह गर्दछौ तर तपाईको जुन फाइलमा रेकर्ड भएको हो त्यहि प्रकारको फाइलमा पठाउनु भए हुन्छ हामी आवश्यक फाइलमा रुपान्तर गर्नेछौ ।
५. कुनै विवाद भएमा अन्तिम निर्णय आयोजक समितिको हुनेछ ।
६. इच्छुक स्रष्टाले आफ्नो मातृभाषाको गजल बढिमा १ वटा पठाउन सक्नुहुनेछ । एकै मातृ भाषाको ५ वटा भन्दा बढि रेडियो गजल प्रतियोगिताको लागि प्राप्त भएमा प्रथम हुनेलाई पुरस्कृत गरिनेछ ।
७. अन्तिम परिणाम घोषणा भएको ३ दिन भित्र मापदण्ड पुरा नभएको वा पूर्व प्रकाशित भनेर दावा विरोध गर्नु पर्नेछ अन्यथा दावा विरोध लाग्ने छैन ।
८. प्राप्त गजल कुनैपनि एफ. एम. वा वेभ रेडियोबाट प्रसारण गर्न अनुमति भएको मानिने छ । लिखित प्राप्त गजललाई संस्थाको प्रकाशनमा यथासम्भव राखिने छ ।


विश्वब्यापी रेडियो गजल प्रतियोगिताका बारेमा केही प्रश्न उत्तरहरु

यो रेडियो गजल प्रतियोगितमा कसरी भाग लिने ?
तपाई जुन ठाँउमा हुनुहुन्छ त्यहि नै आफ्नो गजल बाचन गर्नुहोस र त्यो आवाजलाई भ्वाइस फाइलमा सेभ गर्नुहोस र हामीलाई इमेल गरेर पठाउनुहोस । त्यसपछि तपाईले केहीपनि गर्नुपर्दैन । त्यसपछि परिणामको प्रतिक्षामा बस्नुहोस । याद गर्नुपर्ने कुरा के छ भने बाचन गरिएको गजललाई टाइप गरेर एकप्रति फोटोको साथमा इमेल गर्नु पर्नेछ ।

मैले मेरो गजल कहिले पठाउनु पर्छ ?
आजै अहिले नै पठाउन सक्नु हुन्छ । हामीले तीन चरणमा छुट्टाएका छौ -
पहिलो चरण नोभेम्बर १५ भित्र
दोस्रो चरण नोभेम्बर २५ भित्र र
तेस्रो तथा अन्तिम डिसेम्बरको १ तारिख भित्र हामीलाई तपाईको सिर्जना प्राप्त भईसक्नु पर्नेछ । आजै पठाउनुहोस पुगि हाल्यो त्यसपछि ढुक्क संग बस्नुहोस ।

कसरी रेकर्ड गर्ने ?
हामीलाई विश्वास छ तपाई संग रेकर्ड गर्ने कम्पीयुटर डेक्टाफोन वा अन्य केही छ अर्थात कतिपय मोबाइलमा पनि रेकर्ड गर्ने सुविधा रहेको हुन्छ । तपाई त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ तर याद गर्नुपर्ने कुरा के हो भने हामीलाई राम्रो गुणस्तरको भ्वाइस चाहिन्छ । रेडियो गजल सिर्फ प्रतियोगिताको लागि मात्र नभएर यथासम्भव रेडियोहरुमा पनि प्रसारण गर्ने योजना भएकोले हामीलाई राम्रो गुणस्तरको चाहिन्छ ।

मलाई रेकर्ड गर्न आउदैन इमेल गर्न पनि आउदैन तर यो प्रतियोगितामा सहभागि हुने ठूलो रहर छ अब मैले के गर्न सक्छु ?
हाम्रो सम्पर्कमा फोन गर्नुहोस तपाईको आवाजलाई फोन मार्फत हामी रेकर्ड गर्नेछौ । ठाँउ परिथिती र अवस्था अनुसार आयोजक संस्था आफैले पनि फोन गरेर तपाईको गजल रेकर्ड गर्नेछ तर यो सुविधा सिमित ब्यक्तिहरुलाई मात्र उपलब्ध हुनेछ ।

मूल्याङ्कन कर्ताहरु कस्ता रहनेछन ?
सकभर अग्रज र निश्चय नै यहि गजल क्षेत्रका रहनु हुनेछ । मुख्य मूल्याङकनकर्ता जसलाई हामी प्रति गजलको शुल्क बुझाउने छौ दुई जना रहनु हुनेछ भने अन्य पर्यवेक्षक मूल्याङ्कन कर्ताहरु विभिन्न देशान्तरमा रहनु हुनेछ ।

म विजयी भएमा कसरी पुरस्कार प्राप्त गर्न सक्छु ?
तपाईले रकम मात्र तोकिएको खुल्ला चेक प्राप्त गर्नुहुनेछ । यदि तपाई विदेशमा हुनुहुन्छ भने पनि उक्त चेक नेपालमा पठाएर आफन्तलाई झिक्न लगाउन सक्नु हुनेछ । संयोग मिलेमा डिसेम्बरमा काठमाण्डुमा वितरणको कार्यक्रम रहने छ ।

यति सजिलो र आकर्षक पुरस्कार भएको प्रतियोगितामा धेरैको सहभागिता होला अनि पुरस्कार चाहि ३ जनालाई मात्र दिनु न्योचित होला र ?
सहभागिताको आधारमा हामी उत्कृष्ट १० वा १५ वा २० जनाको नाम प्रकाशित गर्नेछौ र वहाहरुले प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ ।

गजल वाचनको ढाँचा फर्मेट कस्तो हुनु पर्छ ?
गजल वाचनको ढाँचा एकदमै सजिलो कायम गरेका छौ । जस्को ढाँचा यस प्रकार रहेको छ - म रामबहादुर सुब्बा ब्रुनाईको सेरियाबाट मेरो गजल यस प्रकार छ गजल बाचन पछि धन्यवाद भनेर सिध्याउनु पर्नेछ । फाल्टो कुनै पनि सम्बोधन गर्नु पर्ने छैन ।

 
 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK