Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
Time Of England
 
 
 

गजल आइपुग्नु पर्ने अन्तिम दिन सरस्वती पुजा ६ माघ ०६६ तदनुसार २० जनवरी को दिन निर्धारण 

गत ३ डिसेम्बरका दिन ब्रुनाई स्थित प्रवासी नेपाली साहित्य समाज प्रभात को बैठक सम्पन्न भयो । बैठकले गजल प्रतियोगिताको लागि प्राप्त गजल संख्याको अध्यायन र प्रभावकारिता बारे छलफल गर्दै गजल प्रतियोगिताको समयावधि बढाएको छ । आगामी श्रीपंचमी अर्थात सरस्वती पूजा ६ माघ ०६६ तदनुसार २० जनवरी को दिनलाई गजल आईपुग्नु पर्ने अन्तिम दिन निर्धारण भएको छ भने देशविदेशबाट अत्याधिक सहभागिताको लागि नेपालका साहित्यिक पत्रिका मधुपर्क र गरिमामा विज्ञापन स्वरुप सूचना राख्ने पनि निर्णय गरियो । 

स्मरण रहोस यस अघि डिसेम्बर १ तारिखको दिनलाई अन्तिम दिन घोषणा गरिएको थियो भने ब्यापक समाचार र सूचना नगरी पनि झण्डै ३ दर्जन रेकडेड गजलहरु प्राप्त भइ सकेका छन् । 



घरैबसि विश्वब्यापी रेडियो गजल प्रतियोगितामा भाग लिनुहोस

विश्वको विभिन्न ठाँउबाट खुल्ला विश्वब्यापी रेडियो गजल प्रतियोगितामा सहभागि बन्नुहोस । आफ्नै स्वरमा गजल रेकर्ड गरि इमेल मार्फत हामीलाई पठाउनुहोस । तपाई संग रेकर्ड गर्ने प्रविधि र ज्ञान छैन भने तपाईको सम्पर्क फोन नम्बर सहित हामीलाई इमेल वा फोन गर्नुहोस । हामी तपाईलाई सम्पर्क गर्नेछौ र तपाईको आफ्नै स्वरमा गजल रेकर्ड गरी प्रतियोगितामा सहभागि गराउने छौ ।

प्रथम पुरस्कार नगद रु २० हजार रुपैया
दोस्रो पुरस्कार नगद रु १० हजार रुपैया
तेस्रो पुरस्कार नगद रु ५ हजार रुपैया 

सहभागि गजल टाइप वा स्कान गरि सहभागी ब्यक्तिको फोटो सहित अनिवार्य हामीलाई पठाउनु पर्नेछ । प्राप्त गजलहरु केही एफ। एम। रेडियोबाट प्रसारण तथा संस्थाको साइटमा उपलब्ध हुनेछ । प्रतियोगिताको लागि तपाईको गजल आजै इमेल गर्नसक्नु हुन्छ । हामीलाई माघ ६ गते सरस्वती पुजाको दिनभित्र सहभागि सबै गजल प्राप्त भईसक्नु पर्नेछ । विद्याकी देवी सरस्वतीको पुजा स्वरुप उक्त अन्तिम दिन नै फोन गर्नुभए पनि तपाईको गजल रेकर्ड गरिनेछ । गजल मौलिक अप्रकाशित तथा यसअघि प्रतियोगितामा सहभागि नभएको हुनुपर्नेछ । 

सम्पर्क ईमेलः pravasisamaj@gmail.com
फोनः +00673 7147209/7142807/8893020

आयोजक
प्रवासी नेपाली साहित्य समाज (प्रभात), (www.pravasi.com.np) ब्रुनाई/वेलायत

सह-आयोजक
अनलाइन नेपाली साहित्य मंच (www.nepaliLiterature.com) वेलायत/ब्रुनाई 


यस गजल प्रतियोगिताको लागि पुरस्कारहरु सौजन्य स्वरुप यसप्रकार प्राप्त भएका छन् 
प्रथम पुरस्कार - www.kalasahitya.com  रहेको छ । 
दोस्रो पुरस्कार - युन्छोमा प्रा. लि. 
तेस्रो पुरस्कार - चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. www.milanchams.com >>> 

यस कार्यक्रमको बारे विस्तृत जानकारी आयोजक संस्थाको आधिकारिक वेभ साइट www.pravasi.com.np >>>बाट लिन सक्नुहुन्छ । साथै प्राप्त गजलहरु केही एफ. एम. रेडियोबाट प्रसारण साथै संस्थाको साइटमा स्थायी रुपमा राखिनेछ । 



प्रतियोगिताको लागि केही प्रावधानहरुः 

१. यो खुल्ला रेडियो गजल प्रतियोगिता भएकोले जो कसैले सहभागिता जनाउन सक्नुहुनेछ । 

२. गजल मौलिक हुनु पर्नेछ । आफ्नै ब्यक्तिगत ब्लग वा वेभमा राखिएको गजललाई सहभागि गराउन सकिनेछ तर अन्य वेभसाइट र पत्रपत्रिकामा पूर्व प्रकाशित गजललाई सहभागिता गराइने छैन । 

३. प्राप्त गजलहरुलाई pravasi.com.np वेभपेजमा राखिने छ र कसैले प्रमाण सहित पूर्वप्रकाशित भएको भनी दावी गरेमा उक्त गजललाई अप्रतियोगि अन्र्तगत राखिनेछ । 

४. हामीलाई MP-3, AWA file मा पठाउन आग्रह गर्दछौ तर तपाईको जुन फाइलमा रेकर्ड भएको हो त्यहि प्रकारको फाइलमा पठाउनु भए हुन्छ हामी आवश्यक फाइलमा रुपान्तर गर्नेछौ । 

५. कुनै विवाद भएमा अन्तिम निर्णय आयोजक समितिको हुनेछ । 

६. इच्छुक स्रष्टाले आफ्नो मातृभाषाको गजल बढिमा १ वटा पठाउन सक्नुहुनेछ । एकै मातृ भाषाको ५ वटा भन्दा बढि रेडियो गजल प्रतियोगिताको लागि प्राप्त भएमा प्रथम हुनेलाई पुरस्कृत गरिनेछ । 

७. अन्तिम परिणाम घोषणा भएको ३ दिन भित्र मापदण्ड पुरा नभएको वा पूर्व प्रकाशित भनेर दावा विरोध गर्नु पर्नेछ अन्यथा दावा विरोध लाग्ने छैन । 

८. प्राप्त गजल कुनैपनि एफ. एम. वा वेभ रेडियोबाट प्रसारण गर्न अनुमति भएको मानिने छ । लिखित प्राप्त गजललाई संस्थाको प्रकाशनमा यथासम्भव राखिने छ । 



विश्वब्यापी रेडियो गजल प्रतियोगिताका बारेमा केही प्रश्न उत्तरहरु 

यो रेडियो गजल प्रतियोगितमा कसरी भाग लिने ? 
तपाई जुन ठाँउमा हुनुहुन्छ त्यहि नै आफ्नो गजल बाचन गर्नुहोस र त्यो आवाजलाई भ्वाइस फाइलमा सेभ गर्नुहोस र हामीलाई इमेल गरेर पठाउनुहोस । त्यसपछि तपाईले केहीपनि गर्नुपर्दैन । त्यसपछि परिणामको प्रतिक्षामा बस्नुहोस । याद गर्नुपर्ने कुरा के छ भने बाचन गरिएको गजललाई टाइप गरेर एकप्रति फोटोको साथमा इमेल गर्नु पर्नेछ । 

मैले मेरो गजल कहिले पठाउनु पर्छ ? 
आजै अहिले नै पठाउन सक्नु हुन्छ । हामीलाई प्राप्त भई सक्नु पर्ने अन्तिम दिन श्रीपंचमी अर्थात सरस्वती पूजा ६ माघ ०६६ तदनुसार २० जनवरी हो । उक्त पूजाको दिन नै इच्छुक जो कोहि विद्याकी देवी सरस्वतीको पूजा स्वरुप अप्रतियोगि तथा प्रतियोगि गजल बाचन साथै रेकर्ड गराउन चहानुहुनेको लागि पनि ब्यवस्था हुनेछ । आजै पठाउनुहोस पुगि हाल्यो त्यसपछि ढुक्क संग बस्नुहोस । 

कसरी रेकर्ड गर्ने ? 
हामीलाई विश्वास छ तपाई संग रेकर्ड गर्ने कम्पीयुटर डेक्टाफोन वा अन्य केही छ अर्थात कतिपय मोबाइलमा पनि रेकर्ड गर्ने सुविधा रहेको हुन्छ । तपाई त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ तर याद गर्नुपर्ने कुरा के हो भने हामीलाई राम्रो गुणस्तरको भ्वाइस चाहिन्छ । रेडियो गजल सिर्फ प्रतियोगिताको लागि मात्र नभएर यथासम्भव रेडियोहरुमा पनि प्रसारण गर्ने योजना भएकोले हामीलाई राम्रो गुणस्तरको चाहिन्छ । 

मलाई रेकर्ड गर्न आउदैन इमेल गर्न पनि आउदैन तर यो प्रतियोगितामा सहभागि हुने ठूलो रहर छ अब मैले के गर्न सक्छु ? 
हाम्रो सम्पर्कमा फोन गर्नुहोस तपाईको आवाजलाई फोन मार्फत हामी रेकर्ड गर्नेछौ । ठाँउ परिथिती र अवस्था अनुसार आयोजक संस्था आफैले पनि फोन गरेर तपाईको गजल रेकर्ड गर्नेछ तर यो सुविधा सिमित ब्यक्तिहरुलाई मात्र उपलब्ध हुनेछ । 


मूल्याङ्कन कर्ताहरु कस्ता रहनेछन ? 
सकभर अग्रज र निश्चय नै यहि गजल क्षेत्रका रहनु हुनेछ । मुख्य मूल्याङकनकर्ता जसलाई हामी प्रति गजलको शुल्क बुझाउने छौ दुई जना रहनु हुनेछ भने अन्य पर्यवेक्षक मूल्याङ्कन कर्ताहरु विभिन्न देशान्तरमा रहनु हुनेछ । 

म विजयी भएमा कसरी पुरस्कार प्राप्त गर्न सक्छु ? 
तपाईले रकम मात्र तोकिएको खुल्ला चेक प्राप्त गर्नुहुनेछ । यदि तपाई विदेशमा हुनुहुन्छ भने पनि उक्त चेक नेपालमा पठाएर आफन्तलाई झिक्न लगाउन सक्नु हुनेछ । संयोग मिलेमा डिसेम्बरमा काठमाण्डुमा वितरणको कार्यक्रम रहने छ । 


यति सजिलो र आकर्षक पुरस्कार भएको प्रतियोगितामा धेरैको सहभागिता होला अनि पुरस्कार चाहि ३ जनालाई मात्र दिनु न्योचित होला र ? 
सहभागिताको आधारमा हामी उत्कृष्ट १० वा १५ वा २० जनाको नाम प्रकाशित गर्नेछौ र वहाहरुले प्रमाण-पत्र प्राप्त गर्नुहुनेछ । 


गजल वाचनको ढाँचा (फर्मेट) कस्तो हुनु पर्छ ? 
गजल वाचनको ढाँचा एकदमै सजिलो कायम गरेका छौ । जस्को ढाँचा यस प्रकार रहेको छ - म रामबहादुर सुब्बा ब्रुनाईको सेरियाबाट मेरो गजल यस प्रकार छ गजल बाचन पछि धन्यवाद भनेर सिध्याउनु पर्नेछ । फाल्टो कुनै पनि सम्बोधन गर्नु पर्ने छैन ।

 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
Site visitor's record  
frontpage tracking  
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK