काठमाडौं, श्रावण २३ – प्रवासी नेपाली साहित्य समाजले प्रवासी प्रभात पुरस्कार २०६७ वरिष्ठ साहित्यकार गणेस रसिक र प्रवासी सम्मान २०६७ डी वी बमजनलाई प्रदान गरेको छ। आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच रसिक र बमजनलाई सम्मान गरेको हो।
नेपाली साहित्य र नेपाली प्रतिष्ठाको लागि सन् २००१ मा स्थापना गरेको वेलायत र ब्रुनाईमा क्रियाशील समाजले प्रत्येक वर्ष उत्कृष्ट एक स्रष्टा र समाजमा महत्वपूर्ण योगदान पुर्याएका एक व्यक्तिलाई छनौंट गरी प्रभातपुरस्कार प्रदान गर्दै आएको छ।
गत ३ जुन २०११ मा सेरिया बु्रनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले रसिकलाई ताम्रपत्र र रु १५ हजार नगदसहित सम्मान र बमजनलाई प्रवासी सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको थियो। सम्मान कार्यक्रममा प्रमुख अतिथि एनआरएनका अध्यक्ष देवमान हिराचनले
विदेशमा रहेका प्रत्येक नेपालीहरुले तिमी र म हैन हामी एक हुनुपर्छ भनेर हिड्यौं भने प्रत्येक नेपालीहरुको सम्मान हुने बताए। उनले जन्मभूमी
नेपाल सम्झेर कर्मभूमीमा बसेर नेपाली साहित्यको क्षेत्रमा प्रोत्साहन गर्नुहुने प्रवासी नेपाली समाजलाई धन्यवाद दिए।
सम्मानित गणेश रसिकले भने– मलाई गरेको सम्मान मेरो पुर्खाले गरेको सम्मान सम्झेको छु। अग्रज साहित्यका कृष्ण धारावासीले स्रष्टाको बारेमा बोल्दै गणेश रसिक नेपाली गीत संगीत र साहित्य क्षेत्रका बहुआयामीक व्यक्तित्व भएको दावी गरे। धारावासीले गणेश रसिकको नाम नेपाली साहित्यले साहित्यले कहिल्य पनि नभूल्ने नाम भएको ठोकुवा गरे। पत्रकार सम्मेलनमा सभापतित्व प्रनेसासका अध्यक्ष सुरेन्द्र इङ्नाम रहनुभएको थियो भने कार्यक्रम सञ्चालकमा प्रनेसासका उपाध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए। |