Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 
प्रथम विश्वब्यापी अनलाईन नेपाली रेडियो गजल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उमा सुबेदी (इजरायल) पुरस्कृत
 

गत १७ अप्रिल २०१० तदानुसार २०६७ वैशाख ४ गतेको दिन बागबजारको होटल असोका काठमाण्डौमा प्रथम विश्वब्यापी अनलाईन नेपाली रेडियो गजल प्रतियोगिताकाको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। पुरस्कृत गजल श्रष्टाहरुमा क्रमश पहिलो दोस्रो र तेस्रो उमा सुवेदी (इजरायल), निराजन वतास (भोजपुर) र सुर्य चापागाइ (काडमाण्डौ) वहाहरुलाइ प्रमुख अथितिको वाहुलीवाट प्रमाणपत्र साथै वाहाहरुको नगद रासी हस्तान्तरण गरिएको थियो, पुरस्कृत श्रष्टा उमा सुवेदीको प्रमाण पत्र साथै नगद रासी वहाको श्रीमान यादव भण्डारीले ग्रहण गर्नु भएको थियो। यस कार्यक्रममा विश्वका १८ मूलुकहरुवाट र नेपालका ३८ वटा जिल्लाहरुबाट गजल श्रष्टाहरुले अति उत्साहजनक सहभागी जनाउनु भएको थियो। यस पुरस्कारका प्रयोजकहरु: कला साहित्य डट कम प्रथम पुरस्कार, यून्छोमा प्रा.लि. दोस्रो पुरस्कार, र च्याम्स प्रोडक्शन प्रा.लि. तेस्रो पुरस्कार रहेको थियो।

कार्यक्रमलाइ प्रवासी नेपाली साहित्य समाजका अद्धक्ष सुरेन्द्र इङ्नामले पठाउनु भएको शन्देस पढेर सुरु गरिएको थियो। वाहाले यो पछिल्लो समयमा आएर नेपाली साहित्यलाई नियाल्दा गजल विधा निकैनै उत्साहवर्धकरुपमा अघिबडिरहेको देखिन्छ, यहि समयलाई अवसर पारेर विश्वब्यापी रेडियो गजल प्रतियोगिताको सुरुवात गरेका थियौ, र यो विधाको विश्वब्यापीरुपमा पहिलो कार्यक्रम भएकोमा प्रवाशी नेपाली साहित्य समाज गौरव पनि मान्दछ। विषेशत प्रवाशमा रहेर पनि नेपाली साहित्यको लागी सकेसम्म सहयोग गर्ने अभिप्राय हाम्रो हो र आजको यो सञ्चारयुक्त समयमा डायस्पोरमा रहेका नेपाली साहित्यलाई माया गर्ने श्रष्टाहरुको भावनालाई एक आपसमा साटासाट गर्नदिनु नै केहि उपलब्धि मान्दछौ भनेर भन्नुभएको थियो।

सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईलाज्यूको आथित्यमा सम्पन्न भएको थियो भने अथितिहरु प्राज्ञ डा. गोविन्दराज भट्टरार्इ, प्राज्ञ ललिजन रावल, वरिष्ठ साहित्यकार विजय सुब्बा, डा. कृष्णहरी बराल र शितल गुरुङ कादम्विनी हुनुहुन्थ्यो। कार्यक्रमको सभापति अमर तुम्याहाङ्ले गर्नुभएको थियो भने कार्यक्रमलाइ रमेश पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको विर्सजन प्रमुख अथितिवाट नेपाली साहित्यमा नयाँ आयाम थपिएको र नयाँ प्रविधिसँगै यस प्रकारको कार्यक्रमको महत्व बड्दै गएको साथै डायस्पोरामा नेपाली साहित्यको गजल विधामा यस सस्थाले गरेको यो कार्यक्रम नौलो प्रकारको र पहिलो प्रयास हो। यसरी नै प्रवाशमा वसेर पनि नेपालीपन र नेपाली साहित्यलाइ अगागी बडाइरहनुहोस भन्दै विशर्जन गर्नुभएको थियो।

 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK