Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 

कविता प्रतियोगिताको समिक्षा गर्दै साहित्य महासंघको बैठक सम्पन्न

गत २१ जुलाई ११, का दिन विश्व नेपाली साहित्य महासंघको इबैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भयो ।
भर्खरै नतिजा घोषणा गरिएको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को हाल सम्मको गतिविधि माथि समिक्षा गर्यो । विजयी कवीहरु तथा मूल्याङ्कनकर्ताहरुलाई पुरस्कार तथा उपहार प्रदान गर्नको लागि ‘डायस्पोरामा नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ आगामी ६ अगष्टको दिन काठमाडौमा गर्ने निर्णय गर्यो । त्यस्तैगरि उक्त कार्यक्रमको सह–आयोजकमा साहित्य महासंघ काठमाडौ शाखालाई राख्ने सर्वसम्मती भयो । उक्त समारोहमा महासंङ्घका केन्द्रिय महासचिव विश्वास दीप तिगेला र कोषाध्यक्ष सुरेन्द्र इङनाम लगायतका पदाधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।
बैठकका अन्य विविध निर्णयहरुः
१. प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वा उप-कुलपतिलाई निमन्त्रणा गर्ने ।
२. कार्यक्रम स्थल प्रज्ञा भवन कमलादी वा गुरुकुलमा गर्ने ।
३. कार्यक्रमको नाम डायस्पोरामा नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह रहनेछ ।
४. कार्यक्रमको सह–आयोजक विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखालाई राख्ने ।
५. गैर आवासिय नेपाली संघको क्षेत्रिय भेला, रसिया मस्कोमा सम्पन्न हुन गईरहेको अवसरमा साहित्यिक कार्यक्रम गर्न महासंघका अध्यक्ष डा. मधु माधुर्य र साहित्य महासंघ रसिया शाखालाई तोक्यो ।
६. कवी लोकेन्द्र लिम्बुको कविता संग्रह महासंघको तर्फबाट प्रकाशित गर्न महासचिव विश्वास दीप तिगेलालाई अनुमति प्रदान भयो ।
७. समारोहका लागि आर्थिक संकलनः
महासंघका केन्द्रिय पार्षद केजिन राई बेल्जियमबाट युरो २ सय प्राप्त हुने
महासंघका केन्द्रिय उपसचिव समदर्शि काँइला, युएइबाट नेरु ५ हजार प्राप्त हुने
महासंघका केन्द्रिय पार्षद केदार सुनुवार संकेत अफगानिस्तानबाट रु १० हजार प्राप्त हुने
महासंघका केन्द्रिय पार्षद गणेश खड्का सेसेल्सबाट रु ५ हजार प्राप्त हुने
महासंघका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र इङनाम, ब्रुनाईबाट रु ५ हजार प्राप्त हुने
महासंघका केन्द्रिय महासचिव विश्वास दीप तिगेला, ब्रुनाईबाट रु २० हजार प्राप्त हुने
महासंघका केन्द्रिय अध्यक्ष डा. मधुमाधुर्यबाट पनि सहयोग प्राप्त हुने सबैले स्वघोषणा गर्नुभएको हो ।
साहित्य महासंघको कामकाजको लागि लक्ष्मी बैक, हात्तिसार, काठमाडौको बैंक खाता 00052010077069 मा शिधै जम्मा गर्न वा फोन 9841555757 मा सम्पर्क गर्न अनुरोध गरिएको छ । इच्छुक पदाधिकारी तथा शुभचिन्तकहरुलाई आर्थिक सहयोगको लागि आब्हान गरिएको छ साथै कार्यक्रम सफल बनाउनको लागि सबैबाट सहयोगको लागि अनुरोध गरिएको छ ।
उपस्थितीहरु
१. डा. मधु माधुर्य, रसिया
२. तिलक मल्ल, जापान
३. टंक सम्बाहाम्फे, हङकङ
४. सुरेसजंग शाह, वेलायत
५. विश्वास दीप तिगेला, ब्रुनाई
६. सुरेन्द्र इङनाम, ब्रुनाई
६. समदर्शि काँइला, युएइ
७. केदार संकेत, अफगानिस्तान
८. केजिन राई, बेल्जियम
९. गणेश खड्का, सेसेल्स
१०. भोला शिवाकोटि, अमेरिका
११. मुरारीराज शर्मा, वेलायत
१२. खगेन्द्र अधिकारी, साउदी

 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK