Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Banner
Home
Aim
Committee
News
Photos
Literature
Audio Gajal
Other
Guest book
Contact
Videos
 
 
 
 
 
प्रनेसासमा नयाँ नेतृत्व, चौथो प्रभात पुरस्कार चाडै घोषणा हुने
गत १० जनवरीको दिन र्सनकिल्फ, वेलायतमा प्रवासी नेपाली साहित्य समाज (प्रभात) को सम्पन्न भेलाले नयाँ नेतृत्वको चयन गर्दै विविधि विषयमा निर्णय गर्यो ।
झण्डै एक दशक अघि स्थापित यस समाजले विशेषत डायस्पोरामा रहेका स्रष्टा तथा लाहूरघरका स्रष्टा र्सजकहरुको प्रतिनिधित्व गर्दछ । वेलायत, ब्रुनाई, सिगापुर तथा भारतीय सेनामा कार्यरत स्रष्टाहरुको सहभागिता रहेको यस संस्थाले पल्टनघरमा साहित्यिक तथा सागेतिक परिवर्तन र विकासको लागि ठूलो योगदान पुर्याउदै आएको छ । अहिले गोर्खाज पल्टनघरलाई साहित्य र सिर्जनाको लागि उर्वरभूमि मानिन्छ । स्थापनाको लामो इतिहास संगै समाजलाई धेरै जिम्मेवारी र चुनौतीहरु पनि थपिनेक्रम बढ्दो छ । यसपटकको भेलाले समाज संस्थापक सदस्य मध्येका एक सुरेन्द्र इङनामलाई नेतृत्वको जिम्मेवारी प्राप्त भएको छ । इङनामको नेतृत्व कमिटीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष क्रमश विश्वासदीप तिगेला, नवराज राइ, मिलन चाम्स, जितेन्द्र चेम्जोङ, नयन लिम्बू रहेका छन् भने सदस्यहरुमा विष्णु जिमी, रत्नबहादुर र्घर्तिमगर, संन्जिव राइ, रहनु भएको छ त्यस्तैगरि सल्लाहकारमा रामकृष्ण सुनुवार, छविन्द्र लिम्बू, काजीमान याक्सो, गणेश राइ, रहनु भएको छ ।
समाजले विगत ४ बर्ष देखि प्रदान गर्दै आएको प्रभात साहित्य पुरस्कार र सम्मानको लागि देशविदेशमा रहनु भएका सबै प्रभात सदस्यहरुलाई आगामी श्रीपंचमीको दिन अगावै आफूलाई योग्य लागेको कुनैपनि स्रष्टाको नाम सिफारिस गर्न आग्रह गरेको छ । स्मरण रहोस प्रभात पुरस्कारको लागि विगत बर्षहरुमा झै सदस्यहरु बीच मतदान गरि प्रजातान्त्रिक प्रकृयाबाट छनौट गरिने निर्णय भएको छ ।
यस समाजले साहित्य, साँस्कृतिक र विशेषत च्यारिटी क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । सडक बालबालिकालाई खाना खुवाउने, नेपालका विपन्न स्रष्टाहरुलाई सहयोग गर्दै विभिन्न ५ वटा पुस्तकहरु प्रकाशन गरि सकेको छ । केही महिना अघि विरामी पर्नुभएका कलाकार गोपाल भूटानीलाई पनि उपचार्थ नगद रु ८३ हजार प्रदान गरेको थियो साथै प्रभातका केही सक्रिय सदस्यहरुबाट गतबर्ष डोल्पा जिल्लाको काँइगाँउ अर्न्तर्गतको थापा गाँउमा प्रत्येक्ष पुगेर प्राथमिक विद्यालय बनाउन रु ३ लाख रुपैया प्रदान गरेको थियो । त्यस्तै गरि अब चाडै नेपालका बाढीपीडितहरुलाई जाडोयाममा लताकपडा बाड्नको लागि सामन नेपाल पठाइ सकिएको कुरा च्यारिटी विभागका जितेन्द्र चेम्जोङले जनाउनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष इङनाममले आफ्नो पालामा समाजलाई थप गतिदिने प्रतिबद्धता जनाउनु भएको छ भने चुस्त र प्रभावकारी बनाउनको लागि नयाँ ढङ्गले कमिटी निर्माण गरिएको बताउनु भएको छ ।
 
 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
   
 
Site visitor's record        
blogspot visitor    
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK