Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 

 

नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाई सभापतिमा आसन ग्रहण गराए । यसपटक खुल्ला कार्यक्रम भएकोले नयाँनयाँ अनुहारहरुको पनि धेरै उपस्थिती थियो । ती मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय सचिव हरी मानन्धर (इजरायल) लाई अतिथिको रुपमा आसन ग्रहण गराए पछि सबैले पालैपालो आफ्नो नाम र ठाँउ बताउदै छोटो परिचय एकआपसमा गरे ।

प्रविधिले संसारलाई साच्चै नै सानो बनाएको छ । महासङ्घको वेवसाइट, फेसबुक, स्काइपी, याहू , गुगलमा राखिएको सूचना हेरेर सहभागिताको लागि आउनेहरुको घुइचो लाग्यो । कार्यक्रम औपचारिक रुपमा शुरु भएकोले कुनै सु-सम्पन्न सभाहलमा कार्यक्रम भएझै भान हुन्थ्यो । नयाँ बर्षको शुभकामना स्वरुप रङ्ग कवी शमदर्शि काँइला (युएइ) ले आफ्नो कविता बाचन गरेर सिर्जना बाचन कार्यक्रमको ढोका खोले ।

आ-आफ्ना सिर्जना बाचन गर्नेहरु क्रमशः तिर्थसंगम राई, चर्चित ढुङ्गेल, भक्त लिम्बु (कतार), बलदेव भट्ट (युएइ), नम्रता गुरागाई (अमेरिका), सुनिल संगम, संजय लामा (पोर्चुगल), शुलभ भारती (सिड्नी अष्ट्रेलिया), लक्ष्मीप्रसाद बास्तोला (भारत मनिपुर-काठमाडौ), रामकृष्ण सुनुवार (इराक), खगेन्द्र अधिकारी, सागर श्रेष्ठ (साउदी अरेविया), दीप दर्शन शाही (पेनाङ मलेशिया), माया शर्मा (इजरायल), निराजन बम (कैलाली नेपाल), भोला शिवाकोटि (भुटान-अमेरिका), सुरेन्द्र इङनाम (ब्रुनाई), केदार सुनुवार (अफगानिस्तान), राजु रिमाल (गंगबु काठमाडौ) र गोपि प्रसाई (वेलायत) गरि जम्मा १३ वटा देशबाट २४ जना स्रष्टा स्वयंले आ-आफ्ना सिर्जना बाचन गरेका थिए भने केही सिर्जनाहरु इमेल मार्फत बाचनको लागि प्राप्त भएका थिए । 

कार्यक्रमको पछिल्लो चरणमा रसियाबाट महासङ्घ अध्यक्ष डा. मधु माधुर्यको सहभागिता रहेको थियो । खुल्ला सिर्जना बाचन कार्यक्रमको अवसरमा महासंघको आयोजनामा सम्पन्न हुन गईरहेको "विश्व ब्यापी अडियो कविता प्रतियोगिता" को लागि सहभागि कविता इमेल मार्फत लिन शुरुगरिएको बारेमा जानकारी गराउदै उक्त कार्यक्रमलाई सफल बनाउनको लागि सबैलाई आग्रह गरिएको थियो ।

अन्तमा, कार्यक्रमको सभापतित्व गरिरहनु भएका शर्माले सबैलाई धन्यवाद ज्ञापन तथा नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै लण्डनबाटै कार्यक्रम बिषर्जन भएको घोषणा गर्नुभएको थियो ।

 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK