Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Banner
Home
Aim
Committee
News
Photos
Literature
Audio Gajal
Other
Guest book
Contact
Videos
 
 
 
 
 
वेलायत तथा ब्रुनाईबाट प्रभात पुरस्कार साहित्यकार धरावासीलाई प्रदान

गत १८ भाद्र तदनुसार ३ सेप्टेम्बरको विहान ७ बजेर ३० मिनेट जाँदा नेपालको कान्तिपुर एफ. एम.को प्रत्येक्ष प्रसारणबाट नेपालका बरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई प्रभात पुरस्कार २०६५ प्रदान गरियो।

वेलायत तथा ब्रुनाईमा संचालित प्रवासी नेपाली साहित्य समाज (प्रभात) का बरिष्ठ सदस्य जितेन्द्र चेम्जोङ र महासचिव नवराज राईको उपस्थिती, वरिष्ठ साहित्यकार वैरागी काँइलाको प्रमुख आतिथ्य र हेम भण्डारीको संचालनमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। धरावासीले विगत ३ दशक अघि देखि नेपाली साहित्यमा निरन्तर पुर्‍याउनु भएको योगदानको कदर गर्दै प्रभात पुरस्कार २०६५ प्रदान गरिएको हो।

विदेशमा दुःख गरि कमाएको थोरै हिस्सा छुट्टाएर साहित्यको फाँटमा पुरस्कारको ब्यवस्था गर्नु आफैमा सह्रानिय कार्य भएको कुरा प्रमुख अतिथि काँइलाले बताउनु भयो। त्यस्तै गरि पुरस्कृत स्रष्टा धरावासीले आफूलाई विदेशमा रहेका स्रष्टाहरुले सम्झेर पुरस्कृत गरेकोमा हार्दिक आभार ब्यक्त गर्नुभयो।

समाजले गत बर्ष काठमाडौको धरहराको टुप्पामा पुरस्कार प्रदान गरेको थियो भने यस बर्ष कान्तिपुर एफ. एम.बाट प्रत्येक्ष प्रसारणबाट नौलो तरिकाले कार्यक्रमको आयोजना गरेको थियो। कान्तिपुर एफ. एम. सुन्ने लाखौ स्रोताहरुले प्रत्येक्ष सुनेका थिए त्यस्तैगरि वेलायत, मलेशिया, ब्रुनाई, अमेरिका, हङकङ लगायत विश्वभरकाले अनलाइन मार्फत सुनेका थिए।

स्मरण रहोस, प्रभात पुरस्कार बर्षमा १ जनालाई रु १५ हजार रुपैया नगद र प्रमाण–पत्र प्रदान गरिन्छ र यस भन्दा अघि सुसनवाला राई (२०६२), शशि लुमुम्भु (२०६३) र रमेश पौडेल (२०६४) लाई प्रदान गरिएको थियो। उत्साहित लाहुरे स्रष्टाहरुको सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभात पुरस्कारको लागि १ हजार पाउण्डको सांकेतिक कोष ब्रिटिस गोर्खा सेनाको पूर्व गोर्खामेजर लक्ष्मीभक्त वान्तावाले स्थापना गर्नु भएको थियो।

- विश्वासदीप

 
 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
   
 
Site visitor's record        
blogspot visitor    
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK