Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Banner
Home
Aim
Committee
News
Photos
Literature
Audio Gajal
Other
Guest book
Contact
Videos
 
 
 
 
 
 
प्रनेसासद्धारा नायक गोरे गुरुङ सम्मानित तथा साहित्यकार डा. श्रेष्ठलाई प्रसंसापत्र प्रदान

गत २२ मे ०९ का दिन वेलायतको फक्स्टोन हकिन्समा एक कार्यक्रमको आयोजना गरि प्रवासी नेपाली साहित्य
समाज (प्रभात) वेलायतले प्रत्येक बर्ष एकजनालाई प्रदान गर्ने प्रभात सम्मान यसबर्ष नायक, निर्माता तथा
निर्देशक गोरे गुरुङलाई प्रदान गर्‍यो।

भर्खरै अफगानिस्तानमा मृत्यू भएका गोर्खाहरुको तस्वीरमा सम्वेदना स्वरुप पुष्पगुच्छा चढाई उनीहरुको सम्झनामा
१ मिनेट मौन धारण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो। उक्त प्रभात सम्मान अर्पण समारोहमा वेलायतको
पहिलो नेपाली काउन्सिलर धन गुरुङलाई र पेन्सन गएर ज्यादै दुःख र मेहनतका साथ अध्यान गरेर उच्च शिक्षा
हासिल गर्नुभई हाल शिक्षण पेशामा संलग्न खोटाङ् दिप्सुङका शिवधन राईलाई कदर पत्र प्रदान गरियो। त्यस्तैगरि
नेपालबाट पाल्नुभएका अस्वीकृत साहित्यका अभियन्ता बरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठलाई पनि मुख्य
अतिथिको हातबाट प्रशसां पत्र प्रदान गरियो।
कार्यक्रमको बीचबीचमा नेपालबाट पाल्नुभएका अतिथि गायक सबु थापा, स्थानिय कलाकार सुनिता लिम्बुले मिठो
र उत्कृष्ट गीत गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए भने भाञ्जिद्धय मुक्कुम खजुम र रेखा
मल्लको नृत्यले थप रौनकता थपेको थियो।
उपस्थित सबैलाई प्रभातका अभिभावक तथा पूर्व विशिष्ट अध्यक्ष काजीमान लिम्बू एम. सी. ले स्वागत मन्तब्य
दिनु भएको थियो भने सबैलाई खादा ओढाएर आर्थिक सचिव जितेन्द्र चेम्जोङले अतिथिहरुलाई स्वागत गर्नुभएको
थियो र संस्थाको बारेमा उपाध्यक्ष विश्वासदिप तिगेलाले बोलेका थिए। सम्मानित ब्यक्तित्व गोरे गुरुङले आफूलाई
जीवनमै पहिलो पटक यसरी सम्मान गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको र अझ भविश्यमा धेरै राम्रो
फिल्म बनाउन उत्साह मिलेको कुरा बताउनु भयो। पूर्व लाहूरे गुरुङले नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट मानिएको
बाचाबन्धन, विदेशको माटो स्वदेशको पीडा, सन अफ हिमालय, गोठालो र वीरलाल हनिहन्टर फिल्म र डकुमेन्ट्रि
बनाउदाको कथा सुनाउनु भएको थियो। कदरपत्रबाट सम्मानित काउन्सिलर धनगुरुङ र प्रशंसापत्रबाट सम्मानित
डा. श्रेष्ठले पनि प्रनेसासलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। अर्का कदरपत्रबाट सम्मानित ब्यक्तित्व शिवधन राईको
अनुउपस्तिथीमा वहाको धर्मपत्निले उक्त सम्मान ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा कवि विजय हितान मगरले आफ्नो कविता बाचन संगै मन्तब्य दिनु भएको थियो। त्यस्तै अधिबक्ता
चण्डिकाराज राई र मुख्य अतिथिको तर्फबाट साहित्यकार तथा पूर्व राजदुत मुरारीराज शर्माले बोल्नु भएको थियो।
कार्यक्रमलाई महासचिव नवराज राईले संचालन गरेका थिए भने प्रनेसासका अध्यक्ष सुरेन्द्र इङनामले समारोहको
सभापतित्व गरेका थिए।
अन्तमा, कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरुलाई वेलायतको पूर्वीय सुन्दर शहर फक्स्टोन इलाकाको रमाइला
र महत्वपूर्ण ठाँउहरुको सामुहिक भ्रमण गराई गोर्खा स्मारक निर्माणस्थलमा पुगेर समापन गरिएको थियो।

सम्मान कार्यक्रम २०६५ का केहि झलकहरु

 
 
     

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

---------------------------

 
----------------------------

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
   
   
 
Site visitor's record        
blogspot visitor    
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK