Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 

रसिक र जेलभित्रका बमजनलाई प्रवासी पुरस्कार तथा सम्मान घोषणा
गत ३ जुन २०११ का दिन सेरिया, ब्रुनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले ‘प्रवासी प्रभात पुरस्कार २०६७’ वरिष्ठ साहित्यकार गणेश रसिक (भोजपुर, हाल इलाम) लाई प्रदान गर्ने निर्णय गर्यो । रसिक नाम नेपाली साहित्य र सङ्गीतको क्षेत्रमा आफैमा पूर्ण परिचय हो ।

लेकाली समूहका संस्थापक रसिकका दुई कथा सङ्ग्रह- क्षितिजलाई छुन खोज्दा २०२४, एउटा साराङ्गीभित्र २०२८, रसिकका गीत सङ्ग्रह २०४५ र पछिल्लो कृति निबन्ध सङ्ग्रह ‘दशगजामा उभिएर २०६३’ गीति एल्बम ‘अन्तराल’ लगायत रेडियोमार्फत् वहाको लोकप्रिय लोकगीतहरु पनि सुन्न पाइन्छ । त्यस्तैगरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएबापत गोर्खा विकास बैंकका पूर्व अध्यक्ष डी. बी. बमजनलाई ‘प्रवासी सम्मान २०६७’ प्रदान गर्ने निर्णय गर्‍यो ।

बमजनले लामो समय बेलायती गोर्खा सेनामा रही अनुशासन, इमान्दारिता र बफादारिता सिकेर समाजका लागि उपयोग गर्दै आउनु भएको छ । हाल वमजनलाई बैकको बिषयमा नेपाल सरकारले जेलमा राखेको छ । साहित्य समाजले गत वर्ष साहित्यकार कृष्ण धरावासीलाई प्रभात पुरस्कार र निर्देशक तथा नायक गोरे गुरुङ (बेलायत) लाई सम्मान गरेको थियो ।

स्थापनाकालदेखि नै समाजले प्रत्येक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । पुरस्कृत व्यक्तिले नगद रु. १५ हजार रुपैयाँ र प्रमाण-पत्र प्राप्त गर्नेछ र सम्मानित व्यक्तिले ताम्रपत्र सहित सम्मान प्राप्त गर्नेछ ।

पुरस्कार तथा सम्मान समर्पण कार्यक्रम केही हप्ताभित्र काठमाडौंमा आयोजना गरिने कुरा समाजको विज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्य र नेपाली प्रतिष्ठाको लागि सन् २००१ मा स्थापना भई बेलायत/ब्रुनाईमा क्रियाशिल समाजले प्रत्येक वर्ष उत्कृष्ट एक स्रष्टा छनौट गरी प्रभात पुरस्कार प्रदान गर्दछ । साथै, समाजमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने एक व्यक्तिको छनौट गरी सम्मान गर्दै आएको छ ।

 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK