Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ट
संस्थाको उद्देश्यहरु
समाचार/भाविकार्यक्रम
साहित्य
फोटोहरु
अडियो गजल २०११
कमिटी
समाजका प्रकाशनहरु
केन्द्रिय नेतृत्वहरु
पुरस्कृत स्रष्टाहरु
भिडियो
सम्पर्क
 
Audio Gajal Pages
1. Audio Gajals 01-16
2. Audio Gajals 17-32
3. Audio Gajals 33-52
4. Audio Gajals 52-64
5. Audio Gajals 65-80
6. Audio Gajals 81-96
7. Audio Gajals 97-112
8. Audio Gajals 113-128
9. Audio Gajals 129-144
10. Audio Gajals 145-160
11. Audio Gajals 161-175
Audio Poeams 2011
 
 
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा सार्वजनिक
 

ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीया बन्न सफल भएका छन् । विजयीहरुलेumasubedhi_isreal क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको लागि कलासाहित्य डटकम युन्छोमा प्रा. लि. र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् । उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्रि विराटनगर, डा. सुधा शाही काठमाडौं, नबराज नवोदित कतार, गनिन्द्र लिम्बू मलेशिया, निराज भट्टराई तँनहू, निर्मल कुमार पौडेल रौतहट, गोपालचन्द्र राई खोटाङ, पि. एस. लिम्बू दुवई, विपु वाइवा वेलायत, डा. टिकाराम भण्डारी रुपन्देही, हस्त गौतम मृदुल अमेरिका, निरु केसी अश्रु पोखरा, विष्णुनन्द चाम्लिङ हङकङ, दिलदुखी जन्तरे मलेशिया, नरेश नाती ब्रुनाई, देवकला कार्की धनकुटा, बर्षाद दर्लामी मलेशिया रहेका छन् ।

नेपाल बाहिर रहेका स्रष्टालाई हूलाक मार्फत चेक र प्रमाणपत्र पठाईने छ भने नेपाल भित्र रहनु भएका स्रष्टाहरुको लागि काठमाडौमा एक पुरस्कार वितरणको कार्यक्रम गरिने भएको छ ।

नेपाली साहित्यको गजल विधामा ब्यापक रुपबाट आयोजना गरिएको यो पहिलो अवसर हो भने यस कार्यक्रमको लागि प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति बैरागी काईलाले यस प्रतियोगिताले नेपाली साहित्यमा नयाँ आयाम थपेको र नयाँ प्रविधि संगै यस प्रकारको कार्यक्रमको महत्व बढ्दै गएको कुरा फोन मार्फत प्रत्येक्ष रेडियो प्रसारमा बोल्नु भएको थियो । त्यस्तैगरि अतिथिहरुमा प्राज्ञ प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङ रहनु भएको थियो ।

Nirajan_Batash_KTMमूल्याङ्कन कर्ताहरुमा प्राज्ञ ललिजन रावल विजय सुब्बा डा। कृष्णहरी बराल शीतल गुरुङ कादम्बिनी रहनु भएको थियो त्यस्तै मूल्याङ्कन पर्यवेक्षकमा दुवईबाट जाकिर हुसेन मलेशियाबाट इन्द्र नारथुङ्गे अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुब गौतम वेलायतबाट शशि सुब्बा थापा र हङकङबाट असोक राई रहनु भएको थियो ।

गजलको नतिजा प्रसारण तथा प्रकाशनको लाइभ रेडियो प्रसारण कार्यक्रममा मूल्याङ्कन समुहबाट डा। कृष्णहरी वराल र पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको तर्फबाट इन्द्र नारथुङ्गेले मलेशियाबाट आफ्नो विचार राख्नु भएको थियो । नतिजा घोषणाको लागि अध्यक्ष सुरेन्द्र इङनाम उपाध्यक्ष विश्वास दीप तिगेला र पर्यवेक्षक धु्रब गौतमले संयुक्तरुपबाट कार्यक्रमको संचालन गर्नु भएको थियो । नतिजा प्रसारणको कार्यक्रममा स्रष्टाहरुको आफ्नै स्वरमा उत्कृष्ट २० वटा गजलहरु क्रमश प्रसारण गरिएको थियो ।

 
 
     

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
   
Site visitor's record  
 
Hit Counters
 
     
Go to top | | Back to main page
© Pravasi Nepali Sahitya Samaj (Pravat), UK