संस्थाको उद्देश्यहरु:
`
 

प्रचलित ऐन कानुन तथा नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसित समन्वय राखी कार्यक्रम सञ्चालन गर्ने गरी यस संस्थाका मूल उद्देश्यहरू देहायबमोजम रहनेछ:

  (क)
मुलुकभित्र र मुलुकबाहिर छरिएर रहेका साहित्यकार, कलाकार, चित्रकार तथा पत्रकार र साहित्यिक अन्वेषक-अध्येताहरूबीच एक-आपसमा मित्रता, एकता, सदभाव, सहयोगी भावना र सक्रियता अभिवृद्धि गरी साहित्यिक विकासमा सहभागी हुने/गराउने ।
 
  (ख)
राष्ट्रिय परिवेशमा देखापरेका अनेक खालका विकृतिहरूप्रति सबैलाई सचेत पार्ने र त्यसका निम्ति आवश्यक कदम चाल्ने ।
 
  (ग)
राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक भावनाको विकासमा सधैं सबैलाई सचेत गराइ विकासमा क्रियाशील हुने र गराउने ।
 
  (घ)
विभिन्न सभा, गोष्ठी, अन्तरक्रिया, प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नुका साथै विभिन्न मिडिया मार्फत पनि सञ्चालन गर्ने ।
 
  (ङ)
साहित्यिक विकासमा सेवारत व्यक्तित्वहरूको कार्यलाई मूल्याङ्कन गरी पुरस्कृत, सम्मान गर्ने ।
 
  (च)
राष्ट्रिय तथा अन्तर्राष्टिय क्षेत्रमा नेपाली साहित्यको विस्तार गर्ने, विभिन्न अध्ययन-अनुसन्धान गर्ने तथा यसका लागि साहित्यिक पुस्तक प्रकाशनको व्यवस्था गर्ने ।
 
  (छ)
समाजमा देखिएका विकृतिहरूमा लागेका युवा तथा विद्यार्थीवर्गमा सचेतनाको विकास गरी साहित्यिक गतिविधिमा सङ्लग्न हुन अभिपेरित गर्ने ।
 
  (ज)
समाजमा पिछडिएका विपन्न वर्ग तथा जनजातिको उत्थान गर्न बालशिक्षा, छात्रबृत्ति, शैक्षिक तालिम साहित्यिक, सांस्कृतिक तथा सांगीतिक संघसंस्थालाई आवश्यक भौतिक सरसहयोग गर्ने, विभिन्न कार्यक्रमहरूको माध्यमबाट नागरिकहरूको चेतनाको स्तर उठाउने प्रयत्न गर्ने/गराउने ।
 
  (झ)
आवश्यकतानुसार सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी संघसंस्था तथा समूहहरूसग समन्वय राखी एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने ।
 
  (ञ)
संस्थाका विभिन्न विधाका भिन्नाभिन्नै विभाग खडा गरी आ-आफ्नो विभाग अर्न्तर्गत कार्य गर्ने/गराउने ।
 
  (ट)
यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
 

© Pravasi Nepali Sahitya Samaj (Pravat), UK